कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

घरमै मृत अवस्थामा भेटिए सशस्त्रका डिएसपी बस्याल

विनोद भण्डारी

विराटनगर — मोरङको सीमावर्ती धनपालथानको मायागञ्ज नाकामा रहेको प्रस्तावित सशस्त्र सीमा सुरक्षा गुल्ममा कार्यरत सशस्त्र प्रहरी नायव उपरीक्षक (डिएसपी) उपेन्द्र बस्याल सोमवार मृत फेला परेका छन् । 

बस्याल कार्यालयको भान्सा कोठाको पंखामा प्लाष्टिकको डोरीले झुण्डिएको अवस्थामा फेलापरेको मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्कीले बताए । उनका अनुसार मृतकका परिवारजन घटना स्थल तर्फ आउँदै गरेकाले उनको शव चलाइएको छैन । उनी धनपालथान-३ मा रहेको सशस्त्र प्रहरी गुल्मका प्रमुख हुन्।

बस्यालले आत्महत्या गर्नुको कारण खुलेको छैन । पाल्पा स्थायी ठेगना भएका उनका परिवार काठमाण्डौ बस्ने गरेको बताइएको छ ।

प्रकाशित : फाल्गुन २१, २०८० २०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?