कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

श्रीमतीको हत्या गरेर फरार

संखुवासभा — सदरमुकाम खाँदबारी नगरपालिका-७ मा श्रीमतीको हत्या गरेर श्रीमान फरार भएका छन् । शुक्रबार बिहान खाँदबारी–७ स्थित आर्मी क्याम्पनजिकै २६ वर्षीया विना राईको हत्या भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक अशोक जगेवुले बताए । 

श्रीमतीको हत्या गरेर फरार

खाँदबारी नगरपालिका –११ आङ्ला घरभई खाँदबारी बस्ने २७ वर्षीय मङ्सिरे शेर्पाको कुटपिटबाट विनाको हत्या भएको प्रहरीले जनायो । शेर्पाले कुटपिट गरी श्रीमती विनाको हत्या गरेको खुलेको जगेवुले बताए । शेर्पा केही वर्षयता सवारी चालक पेशामा आबद्ध थिए ।

मृतक राईको शरीरका विभिन्न भागमा चोट र नीलडाम देखिएको छ । हत्यालगत्तै शेर्पा फरार भएकाले शेर्पाको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृतकको शव पोष्टमार्टमका लागि संखुवासभा जिल्ला अस्पतालमा राखिएको छ ।

प्रकाशित : फाल्गुन १९, २०८० १९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?