२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

अरिङगालले चिलेकी घाइते महिलालाई उपचार खर्च अभाव

विराटनगर — मोरङको ग्रामथान गाउँपालिका-२ झोरहाटकी ५५ वर्षीया सुधा चौधरी गत बुधबार स्थानीय एक नर्सरीमा फूल गोड्दै थिइन् । उनीमाथि अचानक अरिङ्गालको गोलो खनियो । बुधबार बेलुका स्थानीय इश्वर बरालको नर्सरीमा काम गर्ने क्रममा उनलाई अरिङगालले चिलेको थियो । 

अरिङगालले चिलेकी घाइते महिलालाई उपचार खर्च अभाव

अरिङ्गालले चिलेर घाइते उनलाई उपचारार्थ तत्काल कोशी अस्पताल विराटनगर पुर्‍याइयो । चिकित्सकहरुले उनलाई आइसीयूमा राखेर उपचार गर्नु पर्ने सुझाए । कोशी अस्पतालमा आइसीयू नभएपछि उनलाई नोवेल मेडिकल कलेज रेफर गरियो ।

हाल उनको नोवेलमा उपचार भइरहेको छ । तर, उपचार खर्च अभावले उनलाई थप समस्या भएको छ । चौधरीका गाउँले सामाजिक कार्यकर्ता टीका खतिवडाका अनुसार उनका उपचारमा दैनिक १५ हजार खर्च भइरहेको छ । आइसीयुको शूल्क मात्रै दैनिक ८ हजार हाराहारी छ ।

स्वास्थ्य लाभ गरिरहेकी विपन्न परिवारकी चौधरीको उपचार खर्च जुटाउने हैसियत छैन । ‘ज्यालादारी श्रम गरेर जीविका चलाउने मान्छेले यत्रो खर्च कसरी जुटाउने हो थाहा छैन’, खतिवडाले भने,‘उपचारमा सहयोगी हातहरुको खाँचो छ ।’

उपचारमा संलग्न चिकित्सकहरुका अनुसार उनको स्वास्थ्य सुधार हुदैछ । अझै केही दिन आइसीयुमा राखेर उपचार गरेपछि मात्रै विरामी ठीक हुने जनाइएको छ ।

प्रकाशित : फाल्गुन १८, २०८० १६:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?