१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

कोशी प्रदेशको नाम खारेजीको माग राख्दै  विरोध प्रदर्शन

धनकुटा — कोशी प्रदेशको नाम खारेजीको माग राख्दै पुनः  नामांकन संयुक्त संघर्ष समितिले बिहीबार अपरान्ह धनकुटामा प्रदर्शन गरेको छ । प्रदेश १ को नाम कोशी राखी आदिवासी जनजातिको पहिचानको नामेट पार्न खोजिएको भन्दै प्रदर्शन भएको हो।

कोशी प्रदेशको नाम खारेजीको माग राख्दै  विरोध प्रदर्शन

अघिल्लो वर्ष फागुन १७ गते कै दिन प्रदेशको नाम कोशी नामाकरण गरिएको थियो । सोही दिनलाई पहिचानवादीले कालो दिनको संज्ञा दिएको छ । उक्त अवसरमा प्रदेश पुनः नामांकन संयुक्त संघर्ष समितिका केन्द्रीय महासचिव रामभक्त कुरुवाङ्गले पहिचानवादीको माग र मुद्धालाई सही ढंगले प्रदेश सरकारले सम्वोधन नगरे वार्ता भंग गर्ने चेतवानी दिएका छन् ।

धनकुटा बजारस्थित मदन चोकमा आयोजित विरोधसभामा बोल्दै उनले आफूहरु वार्तामा बसे पनि सकारात्मक नजिता नआएको भन्दै वार्ता भंग हुने चेतावनी दिएका हुन् । यस्तै, विरोधसभालाई सम्वोधन गर्दै किरात राई यायोखाका केन्द्रीय उप–महासचिव अर्जुन जम्नेलीले पहिचानको आन्दोलनलाई कम आंकलन नगर्न प्रदेश सरकारलाई चेतावनी दिए ।

वार्ताबाट सराकात्मक नजिता नआए दोश्रो चरणको आन्दोलनको घोषणा गर्ने जम्नेली बताए । सभालाई किरात याक्थुङ चुम्लुङका जिल्ला अध्यक्ष कमलसिं तिगेला, जसपाका जिल्ला उपाध्यक्ष दिवा चेम्जोङ, लिम्वुवान राष्ट्रिय मञ्चका जिल्ला अध्यक्ष आशिष चेम्जोङ, जिल्ला समन्वय परिषद धनुकटाका अध्यक्ष एवं संघर्ष समितिका संयोजक संजयसन्तोषी राई लगायतले सम्वोधन गरेका थिए ।

पहिचानवादीहरुले कालो व्यानर, कालो पट्टी, कालो झण्डा सहित बजार परिक्रमा गदै नारावाजी गरेका थिए ।

प्रकाशित : फाल्गुन १७, २०८० २०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?