कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सरकारले कामै गरेन : खनाल

झापा — पुष्पकमल दाहाल नेतृत्वको सरकारको एक घटक नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले गठवन्धन सरकारप्रति तीव्र आलोचना व्यक्त गरेका छन् ।

सरकारले कामै गरेन : खनाल

विर्तामोडमा बुधवार आयोजित पत्रकार सम्मेलनमा खनालको आरोप थियो, ‘ सरकारले जन चाहना अनुरुप काम गर्नै सकेन ।’

उनले सरकारको काममा सन्तुष्ट हुने ठाउँ नै नभएको दावी गर्दै सरकारको बजेट र नीतिले जनतालाई पटक्कै नछोएको जिकिर गरे । ‘जसले जनतामा असन्तुष्टि कायमै छ’, खनालले थपे,‘जनतामा तीव्र आक्रोश पैदा गरेको छ ।’

उनले गठवन्धन विना लगामको घोडा झैँ चलेको भन्दै सुनाए, ‘यो सरकारमा हाम्रा पनि दुई मन्त्री छन् । तर, मन्त्रालयमा बजेट नै दिइएको छैन ।’

उनले पार्टीको आगामी महाधिवेशनमा अध्यक्षको उम्मेदवार बन्ने संकेत पनि गरे । देशमा परिवर्तन चाहने वामपन्थी शक्तिहरु एकतावद्ध भएर अघि बढ्नुको विकल्प नरहेको उनको भनाई थियो ।

प्रकाशित : फाल्गुन ९, २०८० १९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?