कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

कोशी किनार क्षेत्रबाट ४ सय ५ केजी गाँजा बरामद, कारोबारी नियन्त्रणमा लिन २ राउन्ड फायर

अर्जुन सुवेदी

सुनसरी — प्रहरीले सुनसरी बराहक्षेत्र नगरपालिका-९ राजाबाँसस्थित सप्तकोशी नदीको किनारबाट ४ सय ६ केजी लागूऔषध गाँजा लोड भएको बोलेरो गाडीसहित दुई जनालाई पक्राउ गरेको छ । 

कोशी किनार क्षेत्रबाट ४ सय ५ केजी गाँजा बरामद, कारोबारी नियन्त्रणमा लिन २ राउन्ड फायर

मंगलबार बिहान उनीहरूलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड फायर गर्नुपरेको सुनसरी प्रहरीले जनाएको छ ।

विशेष सूचनाको आधारमा प्रदेश ०१–०२–००१ ज ४०५० नम्बरको टाटा सुमो गाडीमा लोड गरी राखेको १३ बोरा गाँजा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएको उक्त गाँजा ४०६ केजी ९४० ग्राम रहेको बताइएको छ । लागूऔषध गाँजासहित बोलेरो चालक धरान उप–महानगरपालिका ४ का २५ वर्षीय सूर्य राई र भोजपुर हतुवागढी-८ का २७ वर्षीय लक्ष्मण राईलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

पक्राउ परेकाहरू माथि जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको थियो । दुई दिनअघि पनि सुनसरी प्रहरीले धरानबाट १ सय ६३ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको थियो भने सोमबार पनि १ सय ४९ किलो गाँजासहित १२ जना भारतीय नागरिकलाई पक्राउ गरेको थियो ।

प्रकाशित : फाल्गुन १, २०८० १३:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचार अभियुक्तसँग आर्थिक लेनदेनमा मुछिएका मुख्यसचिव बैकुण्ठ अर्याललाई अब के गर्नुपर्छ ?