११.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

बालाचतुर्दशीको अवसरमा खोटाङका तीन पालिकामा सार्वजनिक बिदा

डम्बरसिं राई

खोटाङ — बालाचतुर्दशीको अवसरमा जिल्लाका तीन स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् । सोमबारको बालाचतुर्दशीमा हलेसी तुवाचुङ नगरपालिका, रावाबेंसी र खोटेहाङ गाउँपालिकाले बिदा दिएका हुन् ।

हलेसी तुवाचुङले हलेसीमा बृहत मेला लाग्ने भएकाले बिदा दिएको जनाएको छ । रावाबेंसी गाउँपालिका–६ हौचुरको जुडीमा लाग्ने मेलाको अवसरमा बिदा दिइएको हो । खोटेहाङ गाउँपालिका–४ सोलढुंगामा मेला लाग्ने भएकाले बिदा दिएको जनाएको छ । यो अवसरमा स्थानीय तह मातहतका कार्यालयहरु, सामुदायिक विद्यालय, स्वास्थ्य संस्था लगायतमा सार्वजनिक बिदा दिएको हो ।


प्रकाशित : मंसिर २४, २०८० २१:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सबैभन्दा ठूलो बजेट ल्याएको काठमाडौं महानगरकै विकास खर्च पछिल्लो ७ महिनामा सबैभन्दा कमजोर किन भएको होला ?