११.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

पहिरोले भेडेटार-रवि-राँके सडक बन्द, डोजर चालक घाइते

रमेशचन्द्र अधिकारी

धनकुटा — भेडेटार–रवि–राँके सडकको साँगुरीगढी गाउँपालिकाको ओख्रे खण्डमा आइतबार साँझ पहिरो जाँदा यातायात आवतजावत बन्द भएको छ । घटनामा एक व्यक्ति घाइते भएका छन् । 

पहिरोले भेडेटार-रवि-राँके सडक बन्द, डोजर चालक घाइते

बाटो निर्माण गर्ने क्रममा भीरको ढुंगा फुटाउँदै गर्दा साँझ करिब ६ बजे अकस्मात पहिरो गएको प्रहरीले जनाएको छ । घटनामा जेसीबी चालक विकास चौधरी घाइते भएका छन् । चौधरीलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लागि लगिएको छ ।

जेसीबी चालक चौधरीले ढुंगा फुटाउने तथा बाटोमा थुप्रिएका ढुंगा हटाउने क्रममा साँगुरीगढी ५ र ६ नं. वडाको सीमाना ओख्रे क्षेत्रमा पहिरो गएको प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी राजबाबु महर्जनले जानकारी दिए । पहिरोबाट सडकको करिब ६० मिटर क्षेत्रफलमा क्षति पुगेको छ । धरानबाट धनकुटाको डाँडाबजार, राजारानी, कुरुले, छनंबर बुधबारे लगायतका स्थानमा नियमित यातायात सञ्चालन हुने उक्त क्षेत्रमा पहिरोका कारण बाटो अवरुद्ध भएको छ ।

घटनास्थलमा रहेका प्रहरी चौकी ओख्रेका सहायक प्रहरी निरीक्षक दिलचन्द साहका अनुसार उक्त स्थानमा दुई वटा जेसीबीले बाटोमा थुप्रिएको पहिरो हटाउने कार्य भइरहेको छ । सडकमा रोकिएका सवारी साधनलाई वैकल्पिक बाटोबाट गन्तव्यमा पठाइरहेको सहायक प्रहरी निरीक्षक साहले बताए ।

प्रकाशित : मंसिर २४, २०८० २१:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सबैभन्दा ठूलो बजेट ल्याएको काठमाडौं महानगरकै विकास खर्च पछिल्लो ७ महिनामा सबैभन्दा कमजोर किन भएको होला ?