१०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०६

दिक्तेल रुपाकोट मझुवागढी नगर र दक्षिण कोरियाको विश्वविद्यालयबीच सहकार्य

डम्बरसिं राई

खोटाङ — दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र दक्षिण कोरियाको शिन आन्सान विश्वविद्यालयबीच एक आपसमा सहयोग गर्ने सम्झौता भएको छ । 

दिक्तेल रुपाकोट मझुवागढी नगर र दक्षिण कोरियाको विश्वविद्यालयबीच सहकार्य

दक्षिण कोरिया पुगेका नगरप्रमुख तीर्थराज भट्टराई, उपप्रमुख विसन राई र विश्व विद्यालयका प्रेसिडेन्ट प्रोफेसर जियूइ साङबीच शुक्रबार सम्झौता भएको हो । दुवै देशको भाषा, संस्कृति र शिक्षालाई आपसी सम्बन्धलाई मजबुत बनाउने लगायतका ८ बुदे सम्झौता भएको नगरप्रमुख भट्टराईले बताए । सम्झौतामा कोरिया गएर पढ्न चाहने विद्यार्थीलाई योग्यता र क्षमताको आधारमा प्राथमिकतामा राखेर नगरपालिकाले सिफारिस गर्ने, अन्तर्राष्ट्रिय सहयोग आदानप्रदान र संयुक्त परियोजनाहरुको विकास कार्यान्वयन गर्ने, पर्यटन, उद्योग लगायतका विषयमा एकआपसमा आदान–प्रदान गर्ने लगायतका सम्झौता भएको नगरप्रमुख भट्टराईले बताए ।

त्यस्तै नगर नीतिमा संयुक्त विकास र सल्लाहकारको भूमिका निर्वाह गर्ने, पर्यटन क्षेत्रको अनुभव आदानप्रदान गर्ने, कोरियाली भाषा शिक्षालाई सहयोग गर्ने, संयुक्त परियोजना प्रवर्द्धन गर्ने, कोरियाका प्राध्यापक–विद्यार्थीलाई खोटाङ र खोटाङका शिक्षक–विद्यार्थीलाई कोरिया भ्रमण गर्ने गराउने र शैक्षिक सांस्कृतिक तथा पर्यटन प्रवर्द्धन गर्ने सम्झौता गरेको नगरप्रमुख भट्टराईले बताए ।

विश्व विद्यालयको निमन्त्रणामा मंसिर १७ गते नगरप्रमुख र उपप्रमुख दक्षिण कोरिया पुगेका थिए । विभिन्न विकास निर्माण, कृषि क्षेत्रको भ्रमण तथा अध्ययन गरी पुस ३ गते नेपाल फर्कने छन् ।

प्रकाशित : मंसिर २३, २०८० १९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निषेधित क्षेत्र तोडेर संसद् भवनभित्रै आन्दोलनकारी प्रवेश गरी नाराबाजी गरेको घटनालाई कसरी लिनुहुन्छ ?