१४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१९

फुङलिङमा आगलागी हुँदा एक घर जलेर नष्ट

आनन्द गौतम

ताप्लेजुङ — फुङलिङ नगरपालिका-५ उकालीपानीमा शनिबार बिहान भएको आगलागीबाट लालबहादुर गुरुङको घर पूर्ण रूपमा जलेर नष्ट भएको छ । स्थानीय देवराज गुरुङका अनुसार ढुङ्गामाटोले बनेको जस्तापाताले छाएको तीन तले घर जलेको हो ।

आगलागीबाट लत्ताकपडा, भाडाकुँडा, खाद्यान्नलगायतका सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन् । स्थानीय, दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतको उपस्थितिमा आगो निभाउने प्रयास गरे पनि सफल भएनन् । बिजुली सर्ट भएर आगलागी भएको स्थानीयको भनाइ छ ।

ताप्लेजुङ अधिक आगलागी हुने जिल्लामा पर्छ । सदरमुकामसमेत रहेको फुङलिङ नगरपालिकामा प्रत्येक वर्ष आगलागी हुने गरेको छ । हरेक वर्ष हिउँदयामसँगै सुरु हुने सुख्खायामको समयमा ताप्लेजुङ आगलागीको जाखिममा पर्ने गरेको छ । यसअघि सदरमुकामको वीरेन्द्रचौक, तोक्मे, शेर्पा टोल, माथिल्लो ट्याक्सी लाइनमा आगलागी भएको थियो भने सदरमुकामबाहिर दोभान बजार, सिवा बजार, सेसम्बूलगयातको क्षेत्रमा आगलागी हुँदा अरबौँ मूल्य बराबरको क्षति भएको छ । आगलागी नियन्त्रणका लागि जिल्लामा हाल दुईवटा दमकल सञ्चालनमा रहेका छन् ।

प्रकाशित : मंसिर २३, २०८० ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

फुटपाथ व्यापारीमाथि काठमाडौं महानगर प्रहरीले गरेको धरपकडबारे के भन्नुहुन्छ ?