कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

पूर्वी नाकाबाट सीमा स्तम्भ मर्मत सुरु

पर्वत पोर्तेल

झापा — देशको पूर्वी नाकाबाट नेपाल–भारत सीमा स्तम्भ मर्मत र रंगरोगनको काम सोमबारदेखि सुरु भएको छ । नेपाल तथा भारतका सुरक्षा संयन्त्रको संयुक्त उपस्थितिमा मेचीनगर र भद्रपुर नगरपालिकाका नगर प्रमुखहरूले मेचीनगर नगरपालिका वडा नम्बर–७ स्थित सीमा स्तम्भको मर्मत र रंगरोगनको काम थालनी गरेका हुन् । 

पूर्वी नाकाबाट सीमा स्तम्भ मर्मत सुरु

सशस्त्र प्रहरीको नम्बर १ बाहिनीका बाहिनीपति डअीाईजी अञ्जनीकुमार पोखरेलले कोशी प्रदेशमै पहिलो पटक नेपाल र भारतको सीमाना छुट्याउने सीमा स्तम्भको मर्मत सम्हारसँगै रंगरोगन थालनी गरिएको जनाए । उनले भारतसँग सीमा जोडिएका कोशी प्रदेशका सबै जिल्लाको सीमा स्तम्भलाई व्यवस्थित गरिने जनाए ।

डीआईजी पोखरेलले सीमामा हुने आपराधिक गतिविधि, तस्करी नियन्त्रण र सीमाको सुरक्षामा सशस्त्र प्रहरी सदैव अग्रमोर्चामा खटिने जनाए ।

कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेशनाथ बास्तोला, भारतीय सीमा सुरक्षा बल (एसएसबी) का कमान्डेन्ट नवीनकुमार राई, सशस्त्र प्रहरी नम्बर २ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक देवराज अर्याललगायतको उपस्थिति थियो ।

प्रकाशित : मंसिर १८, २०८० १०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

दूधको भुक्तानी माग्दै सुरू भएको किसानको आन्दोलनपछि भएको सहमतिबारे तपाईंको धारणा के छ ?