कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

हात्ती आक्रमणबाट एकको मृत्यु 

विनोद भण्डारी

विराटनगर — हात्तीको आक्रमणबाट मोरङमा सोमबार एक जनाको मृत्यु भएको छ । यो सहित मंसिरमा हात्तीको आक्रमणबाट पूर्वी तराईका मोरङ, सुनसरी र झापामा मृत्यु हुनेको सख्या चार पुगेको छ ।

मोरङको बेलबारी १० भाउन्नेमा रहेको सृजना सामुदायिक वनमा हात्तीले आक्रमण गर्दा लेटाङ नगरपालिका ३ घर भएका ५३ वर्षीय कमल माझीको मृत्यु भएको प्रहरीले बताएको छ । उनी जंगलबाट जाँडरक्सी बनाउन प्रयोग गरिने कच्चा पदार्थ मार्चा लिएर फर्कँदै गर्दा हात्तीले आक्रमण गरेको प्रहरीको अनुमान छ । प्रहरीका अनुसार जाँडरक्सी र त्यसको कच्चा पदार्थ खान हात्ती आकर्षित हुने गर्छ ।

यसअघि गत बिहीबार सुनसरीको इटहरी २ स्थित शान्तिझोडामा हात्तीको आक्रमणबाट स्थानीय रविन खड्काको ज्यान गयो । जंगलबाट मानव बस्तीमा पस्न लागेको हात्तीलाई धपाउने क्रममा २५ वर्षीय रविनलाई हात्तीले आक्रमण गर्दा उनको मृत्यु भएको सुनसरीको प्रहरीका प्रवक्ता एसपी नवीनसिंह भण्डारीले बताए

पछिल्लो समय मोरङ र सुनसरीमा पर्ने चारकोसे जंगलमा २२/२५ वटा हात्ती प्रवेश गरेर आतंक मच्चाउँदै आएको डिभिजन वन कार्यालय मोरङले जनाएको छ ।

प्रकाशित : मंसिर १८, २०८० १४:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

दूधको भुक्तानी माग्दै सुरू भएको किसानको आन्दोलनपछि भएको सहमतिबारे तपाईंको धारणा के छ ?