कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

जिप दुर्घटनामा चालकको मृत्यु

आनन्द गौतम

ताप्लेजुङ — सिरिजङ्गा गाउँपालिका-८ याम्फुदिनमा आइतबार बेलुका भएको सवारी दुर्घटनामा परी चालकको मृत्यु भएको छ । ताप्लेजुङकै फुङलिङ-५ बस्ने ३० वर्षफय निशान लिम्बूको दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डीएसपी राजन लिम्बूले जानकारी दिए ।

प्र.१–०१–००१ज.३४३७ नम्बरको जिप भोटेगाउँबाट छेबुक जाने क्रममा दुर्घटनामा परेको हो। बाटोमा स्टार्ट बन्द भएको गाडी पछाडिबाट ठेल्ने क्रममा अनियन्त्रित भई सडकको भित्तामा ठोकिएर पल्टिँदा चालक निसानलाई सोही सवारीले किचेको र घटनास्थलमै मृत्यु भएको स्थानीयले जनाएका छन ।

प्रकाशित : मंसिर १८, २०८० ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

दूधको भुक्तानी माग्दै सुरू भएको किसानको आन्दोलनपछि भएको सहमतिबारे तपाईंको धारणा के छ ?