कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

इटहरीमा एक महिलाको हत्या

अर्जुन सुवेदी

सुनसरी — सुनसरीको इटहरीमा एक महिलाको खुकुरी प्रहार गरी हत्या भएको छ । इटहरी-२ शान्तिझोडास्थित राई टोलमा बसोबास गर्दै आएकी ६५ वर्षिया मधुमाया पुरीको हत्या भएको हो ।

इटहरीमा एक महिलाको हत्या

पुरीको सोही ठाउँमा बसोबास गर्दै आएका ४० वर्षिय सन्तोष राईले खुकुरी प्रहार गरी हत्या गरेका हुन । खुकुरी प्रहारबाट गम्भीर घाईते भएकी मधुमायाको स्थानीय सामुदायिक अस्पताल तरहरामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरिक्षक नविनकृष्ण भण्डारीले जानकारी दिए । खुकुरी प्रहार गर्ने राईलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान सुरु गरिएको भण्डारीले जानकारी दिए ।

प्रकाशित : मंसिर १८, २०८० १६:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

दूधको भुक्तानी माग्दै सुरू भएको किसानको आन्दोलनपछि भएको सहमतिबारे तपाईंको धारणा के छ ?