१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२२

झापामा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

अर्जुन राजवंशी

बिर्तामोड — झापाको शिवसताक्षी नगरपालिका–१० मा मोटरसाइकलले ठक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ । बिहीबार साँझ पौने ६ बजेतिर पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र–१–०१–०१६ प ५४९० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा नाम, थर र वतन नखुलेका पुरुष मानिसको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचारका क्रममा साँझ साढे ७ बजे मृत्यु भएको हो ।

ठक्कर दिने मोटरसाइकल र चालकलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा राखेको छ ।

प्रकाशित : मंसिर १५, २०८० ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

केन्द्रमा सत्ता गठबन्धन फेरबदल हुँदा प्रदेश सरकारमा समेत त्यसको असर पर्नुको सन्देश के हो ?