१४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१९

उदयपुरमा ड्रग्सविरूद्धको अभियान सुरू

काठमाडौँ — उदयपुरमा ड्रग्सविरुद्बको अभियान सुरू भएको छ । जिल्ला प्रहरी कार्यालयले ‘म हिम्मत गर्छु, अब म ड्रग्स सेवन गर्दिन' अभियान गत शनिबारदेखि सञ्चालनमा ल्याएको हो ।

उदयपुरमा ड्रग्सविरूद्धको अभियान सुरू

लागू औषधको कुलतमा परी सुरूवाती चरणमा रहेकाहरूलाई माया, हेरचाह तथा मनोपरामर्शको माध्यमबाट कुलतबाट छुटाउन मनोबल जगाउने उद्देश्यले यो अभियान सुरु गरिएको प्रहरी प्रमुख एसपी रमेश थापाले जानकारी दिए ।

स्थानीय सरकारको सहकार्यमा सञ्चालन गरिएको अभियान जिल्लाका सम्पूर्ण ठाउँहरुमा सञ्चालन गरि एसपी थापाले बताए । यो अभियानमा हालसम्म कुलतमा फसेका ५२ जनालाई कुलत छोडन पर्छ र सकिन्छ भन्ने दृढ इच्छा शक्ति जगाउन अनुशिक्षण दिइएको छ ।

कार्यक्रममा पहिला दुर्यव्यसनमा परेर छुटेका व्यक्तिहरुको समेत उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा उपस्थिति प्रयोगकर्ताहरुले अब कहिले पनि लागूऔषध सेवन नगर्ने दृढता समेत व्यक्त गरी हस्ताक्षर समेत गरेका थिए ।

प्रकाशित : मंसिर १३, २०८० २३:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

फुटपाथ व्यापारीमाथि काठमाडौं महानगर प्रहरीले गरेको धरपकडबारे के भन्नुहुन्छ ?