मुस्लिम धर्मसभा स्थगित

सुनसरी — मुस्लिम अगुवाहरुले सुनसरीमा हुन लागेको इज्तेमा तत्काललाई स्थगन गर्ने निर्णय गरेका छन् । दुहबी र इटहरीमा हुन लागेको इज्तेमा देशको विषम परिस्थितिलाई मध्यनजर गर्दै तत्काल स्थगन गर्ने निर्णयमा पुगेको मुस्लिम अगुवाहरुले बताएका छन् ।

मुलुकको कानुन र सरकारको निर्णयको कदर गर्दै तत्कालका लागि इज्तेमा कार्यक्रम स्थगन गर्ने सहमति जुटाइएको हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले बताए । सरकारले सुरक्षा संवेदनशीलताको कारण देखाउँदै तत्काललाई कार्यक्रम नगर्नु/नगराउनु भनेकाले आफूहरु कार्यक्रम स्थगन गर्ने निर्णयमा पुगेको कोशी प्रदेशसभा सदस्य इस्राइल मन्सुरीले बताए ।
सुनसरीको इटहरीस्थित खनारमा मंसिर ५ देखि ७ र दुहवीमा ७ देखि ९ गतेसम्म मुस्लिम धर् सभा इज्तेमा कार्यक्रम तोकिएको थियो । जसलाई गृह मन्त्रालयले सुरक्षा संवेदनशीलताको कारण देखाउँदै कार्यक्रम गर्न अनुमति दिएको थिएन ।
प्रकाशित : मंसिर ३, २०८० १०:१०