कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

सःमिल सञ्चालक पक्राउ

देवनारायण साह

मोरङ — राष्ट्रिय वनबाट अवैधरूपमा सालको रूख काटेर ल्याएको आरोपमा जिल्लाको सुन्दरहरैंचा नगरपालिका-१ मा रहेको नेहा सःमिलका सञ्चालक विन्देश्वर साह पक्राउ परेका छन् । 

केराबारीस्थित राष्ट्रिय वनबाट रूख काटेर ३९ क्यूबी फिट काठ टिपरमा ल्याएर उक्त सःमिलमा राखेपछि सवडिभिजन वन कार्यालय सलकपुरको टोलीले साहलाई शनिबार नियन्त्रणमा लिएको हो । उनीमाथि अनुसन्धान प्रक्रिया अघि बढाएको सहायक वन अधिकृत लालबहादुर माझीले बताए ।

प्रकाशित : मंसिर २, २०८० १९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?