सात वर्षीया बालिकालाई बलात्कारको गरेको आरोपमा एक जना पक्राउ

खोटाङ — रावाबेसी गाउँपालिकाकी सात वर्षीया भतिजीलाई जबर्जस्ती करणी गरेको आरोपमा १५ वर्षीय काका पक्राउ परेका छन् । बुधबार घरमा कोही नभएको अवस्थामा जबर्जस्ती करणी गर्नेलाई त्यसैदिन पक्राउ गरिएको हो ।
प्रहरी निरीक्षक टीका बरालका अनुसार शुक्रबार अदालत खुलेपछि म्याद थप गरेर अनुसन्धान बढाइने छ । बालिकाको स्वास्थ्य जााचका लागि जिल्ला अस्पतालमा ल्याइएको छ । बालिकाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बरालले बताए ।