कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

कायस्थ समुदायले चित्रगुप्तको पूजा गरेर मनाए दिपावली

कान्तिपुर संवाददाता

विराटनगर — कायस्थ समाजले भाईटीकाको दिन चित्रगुप्त पूजा गरेर बुधबार यसवर्षको दिपावली मनाएको छ । यसैक्रममा विराटनगर १० तिनटोलिया स्थित श्री चित्रगुप्त समाज कल्याण परिषद्ले मैथली सांस्कृतिक कार्यक्रम कायस्थको प्रतिभा २०८० को आयोजना पनि गर्‍यो ।

कायस्थ समुदायले चित्रगुप्तको पूजा गरेर मनाए दिपावली



कार्यक्रममा राजकुमार लाल स्मृति प्रतिष्ठानले उत्कृष्ट तथा जेहेन्दार दुई विद्यार्थीलाई जनही सात हजार पाँच सय रुपैयाँको छात्रबृति तथा डिएन लाल स्मृति प्रतिष्ठानद्वारा एक जनालाई पाँच हजार, आदित्य गुठी निजीद्वारा एसईई तर्फ उत्कृष्ट नतिजा ल्याउने ११ जनालाई र प्रविणता प्रमाणपत्र तह तर्फ उत्कृष्ट छ जनालाई जनही सात हजार पाँच सय राशीको छात्रबृत्ति वितरण गर्‍यो ।

पुजाका क्रममा महानगरपालिकाको विभिन्न वडाहरुमा चित्रगुप्तको मूर्ति पनि निर्माण गरिएको छ । मैथिली विकास अभियान महानगरको तिनपैनी, आर्दश टोल, बखरी, चाँदनी चोक र सैनिक टोलमा चित्रगुप्तको मूर्ति स्थापना गरी पुजा समारोहको आयोजना गरेको थियो ।

चित्रगुप्त एक हिन्दु देवता हुन् र पृथ्वीमा मानिसका हरेक कार्यको पूर्ण अभिलेख राख्ने कामका लागि खटाइएको जनविश्वास छ ।

प्रकाशित : कार्तिक २९, २०८० २०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?