फरार १२ वर्षपछि पक्राउ

संखुवासभा — कर्तव्य ज्यान मुद्दामा फरार प्रतिवादी १२ वर्षपछि पक्राउ परेका छन् । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी धर्मदेवी नगरपालिका २ तामाफोकका बुद्धिराज जिमीलाई प्रहरीले घटनाको १२ वर्षपछि पक्राउ गरेको हो ।

उनी २०६८ फागुन ३ गते सोही ठाउँका रविन जिमीको हत्या गरेर फरार भएका थिए । फरार रहेका जिमीलाई विशेष सूचनाका आधारमा मुढे प्रहरी चौकीले तामाफोकबाट बिहीबार राति पक्राउ गरेको हो । पक्राउ परेका जिमीलाई संखुवासभा जिल्ला अदालतमा उपस्थित गराइएको छ । यो मुद्दा जिल्ला अदालत संखुवासभाले मुल्तबीमा राखेको छ
प्रकाशित : कार्तिक २७, २०८० १३:०२