कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

उपचारका लागि पत्रकार दियालीले मागे सहयोग

पर्वत पोर्तेल

झापा — इटहरीका अगुवा पत्रकार पीबी (प्रेमबहादुर ) दियालीको दुवै मिर्गौलाले काम गर्न छाडेपछि उपचारका लागि सहयोगको याचना गरेका छन् ।  

उपचारका लागि पत्रकार दियालीले मागे सहयोग

विगत ३ दशकदेखि पत्रकारितामा सक्रिय दियालीले दुवै मिर्गौला काम नलाग्ने अवस्था भएको र पारिवारिक अवस्था पनि नाजुक भएको भन्दै उपचारको सहयोगका लागि सरकार, सामाजिक संघ संस्था र मनकारी दाताहरूसँग याचना गरेका हुन् । ‘मलाई बचाइदिनु पर्यो’, ४८ वर्षीय उनले याचना गरे ।

लामो समयदेखि उच्च रक्तचाप र मधुमेहका बिरामी दियालीको गत वर्षदेखि मिर्गौलामा समस्या देखिएका थिए । लामो समय उच्च रक्तचाप र मधुमेहको कडा औषधि सेवनका कारण मिर्गौलाले काम गर्न छाडेको चिकित्सकलाई उद्धृत गर्दै दियालीले भने ।

दियाली लामो समयसम्म धरानबाट प्रकाशित ब्लास्ट दैनिकमा कार्यरत थिए । माओवादीनिकट भएको आरोपमा संकटकालका समयमा तीन महिना प्रहरी हिरासतमा बिताएका उनलाई ३ सय ३५ दिन नजरबन्दमा राखिएको थियो । हाल उनी गणराज्य साप्ताहिक पत्रिका र मकालु अनलाइनका प्रधान सम्पादक छन् ।

प्रकाशित : कार्तिक २२, २०८० १८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?