कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

एमाले काेशी अध्यक्षमा खतिवडा विजयी

देवनारायण साह

माेरङ — एमाले कोशीकाे अध्यक्षमा घनश्याम खतिवडा विजयी भएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीकाे समर्थन पाएका खतिवडाले विनाेद ढकाललाई ८२ मतले पछि पार्दै विजयी भएका हुन् ।

एमाले काेशी अध्यक्षमा खतिवडा विजयी

माेरङकाे लेटाङ नगरपालिकाका खतिवडाले ५१२ र विराटनगरका ढकालले ४३० मत प्राप्त गरेका छन् । अध्यक्षमा ३५ मत बदर भएकाे निर्वाचन समितिका संयाेजक चुडामणिआचार्यले बताए ।

पार्टीकाे पाँचाै जिल्ला अधिवेशनमा तत्कालिन ओली पक्षका ढकालसँग अध्यक्षमा पराजय बेहाेरेका तत्कालिन माधव नेपाल पक्षका खतिवडाले प्रदेश अध्यक्षमा पार्टी अध्यक्ष ओलीकाे साथ पाएर उनलाई पराजित गरेर हुन् ।

पार्टी अध्यक्ष ओलीकाे प्रथम काेशी प्रदेश अधिवेशनमा सर्वसम्मत गर्ने निर्देशनलाई चुनाैति दिँदै ढकाल र खतिवडा प्यानल बनाएरै चुनावी प्रतिस्पर्धामा उत्रेकाथिए ।

उपाध्यक्षमा टीकाराम चेम्जाेङको मात्रै उम्मेदवारी दर्ता भएकाेले उनी निर्विराेध निर्वाचित भएका हुन् । सचिवमा खतिवडा प्यानलका पाँचथरका राजकुमार भण्डारीले ढकाल प्यानलका उदयपुरका शैलेस लामालाई १४३ मतान्तरले पराजित गरेका छन् । भण्डारीले ५२४ र लामाले ३८१ मत प्राप्त गरेकाे निर्वाचन समितिले जनाएकाे छ ।

उपसचिवद्वयमा झापाकी जलवर्षा राजवंशीले ६२८ र खाेटाङका देउमान राईले ६१० मत ल्याएर विजयी भएका छन् । उपसचिवमा ढकाल प्यानलका माेरङका खेम नेपालीले ३९७ मत ल्याएर पराजित भएका हुन् । खतिवडा प्यानलका उपसचिवका अर्का उम्मेदवार भविश्वर गुरूङ्ले उम्मेदवारी फिर्ता लिएर ढकाल प्यानलका देउमानलाई आफ्नाे प्यानलमा ल्याएर विजयी गराएका छन् ।

दुई सय १५ सदस्यीय प्रदेश कमिटीका लागि भएकाे निर्वाचनमा ७३ जना निर्विराेध निर्वाचित भएपछि १४२ पदका लागि चुनावी प्रतिस्पर्धामा उत्रेका ३१८ जनालाई ९७७ जनाले मतदान गरेका थिए । २० जना मतदाता अनुपस्थित भएका थिए ।

प्रकाशित : आश्विन १६, २०८० ०५:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?