१३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

पाँच वर्षीया बालिका बलात्कार आरोपमा एक पक्राउ

डम्बरसिं राई

खोटाङ — पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङका २४ वर्षीय राजु राई शनिबार राति पक्राउ परेका छन् । शनिबार दिउँसो साढे चार बजेतिर स्थानीय बालिकालाई बलात्कार गरी लुकिरहेको भन्ने खबरका आधारमा राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो ।

पाँच वर्षीया बालिका बलात्कार आरोपमा एक पक्राउ

बालिकाको उदयपुरस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक टिकाराम बरालले बताए । चिसापानीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि रिफर गरिएको हो । उनको अवस्थाको बारेमा जानकारी आइनसकेको बरालले सुनाए ।


प्रकाशित : आश्विन १४, २०८० १२:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एनसेल सञ्चालन गर्दै आएको विदेशी कम्पनी आजिएटा नेपालबाट बाहिरिनुको मुख्य कारण के हो ?