१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११०

तीन जना सवार मोटरसाइकल रोक्दा प्रहरीमाथि बन्चरो प्रहार

अर्जुन राजवंशी

बिर्तामोड — मदिरा सेवन गरेका युवाको मोटरसाइकल रोक्दा झापाको इलाका प्रहरी कार्यालय झिलझिलेका इन्चार्जमाथि आक्रमण भएको छ । प्रहरी निरीक्षक युवराज कटुवालमाथि बिहीबार साँझ बन्चरो प्रहार भएको हो ।

तीन जना सवार मोटरसाइकल रोक्दा प्रहरीमाथि बन्चरो प्रहार

सादा पोसाकमा रहेका कटुवालले शिवसताक्षी नगरपालिका-९ स्थित सडकमा तीन जना सवार मे ४ प २७५१ नम्बरको अनियन्त्रित मोटरसाइकल रोकेका थिए ।

मोटरसाइकलमा पछाडि सवार ३६ वर्षीय अशोक पोखरेलले उनलाई बन्चरो प्रहार गरेको प्रहरीले जनाएको छ । टाउको र हातमा चोट लागेका कटुवालको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।

बन्चरो प्रहार गर्ने पोखरेल, मोटरसाइकल चालक ३२ वर्षीय अरुण तामाङ र पछाडि सवार ३३ वर्षीय लक्ष्मण टुडुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।

प्रकाशित : भाद्र ७, २०८० २१:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

केन्द्रमा सत्ता गठबन्धन फेरबदल हुँदा प्रदेश सरकारमा समेत त्यसको असर पर्नुको सन्देश के हो ?