कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

धनकुटामा ६ महिनामा मानव अधिकार उल्लंघनका ५७ घटना

धनकुटा — धनकुटामा ६ महिनाको अवधिमा ५७ वटा मानव अधिकार उल्लंघनका घटना भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बिहीबार उक्त तथ्यांक सार्वजनिक गरेको हो । 

धनकुटामा ६ महिनामा मानव अधिकार उल्लंघनका ५७ घटना

सन् २०२३ को जनवरीयता भएका मानव अधिकार उल्लंघनका ५७ घटनामा ५८ जना पीडित रहेका छन् । उक्त अवधिमा दुईवटा हत्याका घटना भएको तथ्यांकमा उल्लेख गरिएको छ । ३ बालिकासहित ७ जना बलात्कृत भए छन् भने दुई जनामा बाल यौन दुर्व्यवहार भएको इन्सेक जिल्ला प्रतिनिधि ईश्वर थापाले जानकारी दिए । ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि संकलन गरेको मानव अधिकार उल्लंघन तथा ज्यादतिका घटनाको अर्धवार्षिक पूर्वसमीक्षा कार्यक्रमका क्रममा यो तथ्यांक सार्वजनिक गरिएको हो ।

जिल्लामा झडपबाट २ जना घाइते, बोक्सीको आरोप, दुर्व्यवहार तथा कुटपिटका घटनामा १/१ जना व्यक्ति पीडित रहेका छन् । ४० जनामाथि घरेलु हिंसा भएको छ । कुटपिट १, सार्वजनिक सेवाबाट वञ्चित १, तलबबाट वञ्चित १ जना गरी ५८ जना पीडित भएको अभिलेखमा उल्लेख छ । अघिल्लो वर्षभन्दा यस वर्ष मानव अधिकार उल्लंघन तथा ज्यादतिका घटनामा तुलनात्मक रुपमा वृद्धि भएको थापाले बताए । सन् २०२२ भरमा ७५ जना पीडित भएकोमा अहिले ६ महिनाको अवधिमा ५८ जना पीडित हुनुले जिल्लाको मानव अधिकार कमजोर रहेको संकेत मिल्छ,’ थापाले भने, ‘न्यूनीकरणका लागि सरोकारवाला पक्ष गम्भीर हुनुपर्ने अवस्था छ ।’

प्रकाशित : असार १४, २०८० १९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?