१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

गठबन्धन सरकारले अराजकता र निराशा फैलायो : प्रदीप ज्ञवाली

रमेशचन्द्र अधिकारी

धनकुटा — नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले गठबन्धन सरकारका कारण मुलुक अराजकतातर्फ धकेलिएको आरोप लगाएका छन् ।  

गठबन्धन सरकारले अराजकता र निराशा फैलायो : प्रदीप ज्ञवाली

धनकुटाको पाख्रीबासमा एमाले धनकुटाले आयोजना गरेको तीनदिने प्रशिक्षण कार्यक्रम उद्घाटनका क्रममा शनिबार ज्ञवलीले उक्त कुरा बताएका हुन् । 'गठबन्धनले देशमा अराजकतासँगै नागरिकमा निराशा फैलाएको छ,' उनले भने, 'परमादेशबाट बनेको सरकार आफू पनि असफल रहेको छ भने मुलुकमा संकट सिर्जना गरेको छ ।'

सरकारले भुटानी शरणार्थी प्रकरणमा गैरकानुनी साँठगाँठ र देशको बजेट निर्माणमा मनपरी गरेकाले देश अराजकतासँगै आर्थिक संकटमा समेत फसेको उनको आरोप थियो ।

एमालेको नेतृत्वमा बनेको सरकार असंवैधानिक तरिकाले ढालेपछि मुलुकमा अराजकताको थालनी भएको उनको जिकिर थियो ।

‘नागरिक, उद्यमी व्यावसायी आर्थिक मन्दीका कारण निराशामा छन्,’ उनले भने, ‘काठमाडौंका ३० प्रतिशत व्यापारिक सटरहरु बन्द अवस्थामा छन् ।’ फरक प्रसंगमा ज्ञवालीले कोशी प्रदेशको नामकरणमा एमाले नेताहरुलाई आक्रमण गर्ने हतियारका रुपमा प्रयोग गरिरहेको समेत आरोप लगाए । मुलुकलाई संकटबाट माथि उठाउने जिम्मेवारी एमालेको काँधमा आइपरेको उनको भनाइ थियो ।

प्रकाशित : जेष्ठ २७, २०८० २१:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?