कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

कान्तिपुरकर्मी गौतमलाई सम्मान 

पाँचथर — कान्तिपुरका पाँचथर संवाददाता लक्ष्मी गौतम सम्मानित भएका छन् । फालेलुङ वाङ्मय प्रतिष्ठानले गाउँपालिकामा आयोजना गरेको साहित्य तथा सांस्कृतिक महोत्सवको अवसरमा गौतमलाई सम्मानित गरिएको हो । 

कान्तिपुरकर्मी गौतमलाई सम्मान 

नेपाल पत्रकार महासंघ पाँचथर शाखाका पूर्वअध्यक्षसमेत रहेका गौतमले पत्रकारिताका माध्यमबाट निरन्तर गाउँपालिकाको विकाससँगै साहित्य र संस्कृति संरक्षणमा भूमिका खेलेको भन्दै सम्मान गरिएको आयोजक फालेलुङ वाङ्मय प्रतिष्ठानका अध्यक्ष सुरेन्द्र केरुङले बताए ।

फालेलुङ–३ स्थित प्रेमवादी भवनमा आयोजित कार्यक्रममा गौतमलाई नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपति भुपाल राईलगायतले सम्मान प्रदान गरेका हुन् ।


प्रकाशित : जेष्ठ २७, २०८० ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?