धरानमा अफ्रिकन स्वाइन फिवरले बंगुर मर्दा ३० करोड नोक्सान


सुनसरी — बंगुरपालनका लागि प्रसिद्ध क्षेत्र मानिएको सुनसरीको धरानमा एक वर्षमा किसानले ३० करोड बराबरको क्षति बेहोर्नुपरेको छ ।


बंगुरमा लाग्ने अफ्रिकन स्वाइन फिवरको प्रकोपबाट किसानले पालेका बंगुर मर्दा पछिल्लो एक वर्षमा ३० करोड बराबरको नोक्सानी भएको धरान उपमहानगरपालिका पशु शाखा प्रमुख डा. बिर्खबहादुर कुलुङले बताए ।
गत वर्षको वैशाखदेखि फैलिएको प्रकोप नियन्त्रणमा नआउँदा स्थानीय किसानहरूले ठूलो क्षति बेहोर्नुपरेको कुलुङको भनाइ छ ।
जनशक्ति अभाव र स्थानीय सरकारको मात्र पहलले प्रकोप नियन्त्रण गर्न नसक्दा ठूलो मात्रामा बंगुर मरेको कुलुङले बताए । पशु बिमाको झन्झटिलो प्रक्रियाका कारण धेरै किसानहरु अझै पनि बिमाको पहुँचमा पुगेका छैनन् । सामान्यत: एउटै बंगुर ५० देखि २ सय ५० केजी तौलको हुने र मर्दाखेरि त्यसबाट ठूलो क्षति हुने किसानहरू बताउँछन् ।
प्रकाशित : जेष्ठ २४, २०८० १८:२८