इलाममा उद्धार अभ्यास


इलाम — इलामका सुरक्षा निकायहरुले शनिबार संयुक्तरुपमा विपद्मा गरिने उद्धार अभ्यास गरेका छन् । इलाम नगरपालिका-१० स्थित माईखोला टुप्पुमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र रेडक्रसले आफूहरुसँग भएको जनशक्ति र उपकरण प्रयोगबाट सम्भावित क्षति जोगाउन गरिने प्रयासहरुको नमुना प्रस्तुत गरेका हुन् ।


नमुना अभ्यासमा पहिरो, बाढी, आगलागीलगायतबाट हुने संभावित विपद्मा उद्धर गर्न र बच्ने तरिकाबारे प्रयोगात्मकरुपमा जानकारी गराइएको हो । स्थानीय स्रोत, साधनको प्रयोग गरेर बनाइने साधनहरुको प्रयोगबाट पनि उद्धार गर्न सकिन्छ भन्ने देखाइएको थियो । सो क्रममा बाँस, मिनिरल वाटरका वोतल, ग्यालेन, डोरी, कपडालगायतबाट पनि तत्काल उद्धार सामग्री तयार पार्न सकिने देखाइएको थियो ।
प्रकाशित : जेष्ठ २०, २०८० १८:०६