कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

चार विदेशीसहित १४ जनाले गरे कञ्चनजंघाको सफल आरोहण

आनन्द गौतम

ताप्लेजुङ — चार जना विदेशीसहित १४ जनाले कञ्चनजंघा हिमालको सफल आरोहण गरेका छन् । अमेरिकाका आना गुड्डु‚ ताइवानका तारेन्ज र ग्रेस; र फ्रान्सका आलेस्टरले आरोहण गरेका हुन् । 

चार विदेशीसहित १४ जनाले गरे कञ्चनजंघाको सफल आरोहण

उनीहरू डिलाइट एक्सपिडिसनबाट आरोहणका लागि गएका थिए । कम्पनीका प्रबन्धक मिङ्मा डेभिड शेर्पाका अनुसार उनीहरूले बिहीबार बिहान ५:४५ बजे सफल आरोहण गरेका थिए । डेभिडका अनुसार आरोहण गर्नेमा युक्ता, फुर्सन, तेज, मिङमार, दावा याङजुम, पासाङ दोर्जी, डिमा, दावा तेर्सरिङलगायत रहेका छन् ।

उनीहरू सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर कञ्चनजंघा आएका हुन् । यसअघि एक विदेशी र दुई नेपाली गरी तीन जनाले आरोहण गरेका थिए । खराब मौसमका कारण ४० भन्दा बढी आरोहीहरू सफल आरोहण हुन नसक्दा फर्किएका थिए । मिङ्मा डेभिड, निर्मल पूर्जा र मिङमा तेञ्जी सम्मिलित कम्पनीले उनीहरूलाई विश्वको सर्वोच्च शिखरपछि कञ्चनजंघा आरोहणका लागि ल्याएको हो ।

प्रकाशित : जेष्ठ १८, २०८० ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?