१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

कोशीमा आन्दोलनरत समूहलाई प्रदेश सरकारद्वारा वार्ताका लागि आह्वान

मोरङ — कोशी प्रदेशको पुनः नामकरण माग गर्दै आन्दोलनरत पहिचान पक्षधरलाई प्रदेश सरकारले वार्ताका लागि मंगलबार आह्वान गरेको छ ।

कोशीमा आन्दोलनरत समूहलाई प्रदेश सरकारद्वारा वार्ताका लागि आह्वान

प्रदेश सरकारका प्रवक्ता एवं उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले मंगलबार प्रेस विज्ञप्तिमार्फत आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान गरेका छन् ।

आन्दोलनरत पक्षलाई पूर्वघोषित विरोधका कार्यक्रमहरु स्थगन गरी वार्ताका लागि मन्त्री सिटौलाले विज्ञप्तिमार्फत आह्वान गरेका हुन् ।

आइतबार बसेको प्रदेशसभा बैठकमा बोल्ने अधिकांश प्रदेश सांसदहरुले प्रदेशको नामकरणमा असन्तुष्टि राखी आन्दोलन गरिरहेका पहिचान पक्षधरसँग वार्ताका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए । प्रदेश सांसदहरुले गराएको ध्यानाकर्षणपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्ने क्रममा समेत आन्दोलनरत पक्षसँग वार्ता र सम्वादमार्फत समस्याको समाधान खोज्न आह्वान गरेका थिए ।

फागुन १७ गतेको प्रदेशसभाबाट प्रदेशको नाम कोशी पारित भएदेखि पहिचान पक्षधरले प्रदेश १ पुनः नामकरण संघर्ष समिति गठन गरेर आन्दोलन गर्दै आएका छन् । पछिल्लो समय उनीहरुको आन्दोलन आक्रामक बन्दै गएपछि सरकार पक्षले वार्ताका लागि आह्वान गरेको हो ।

कोशीमा चर्केको आन्दोलनको अवतरण कसरी ?

प्रकाशित : जेष्ठ १६, २०८० १९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?