२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

गणतन्त्र दिवसमा विपन्न तामाङ परिवारका लागि नयाँ घर 

लक्ष्मी गौतम

पाँचथर — अपांगता भएका पाँचथरको मिक्लाजुङ गाउँपालिका ८ दुरदिम्बा भीमबहादुर तामाङको परिवारलाई नयाँ घर बनाएर हस्तान्तरण गरिएको छ । गणतन्त्र दिवसको अवसर पारेर घर हस्तान्तरण गरिएको हो ।

गणतन्त्र दिवसमा विपन्न तामाङ परिवारका लागि नयाँ घर 

तामाङ परिवारका लागि घर निर्माण लागि नेपाली कांग्रेसका सह-महामन्त्री भिष्मराज आङदेम्बेले आर्थिक, सामाजिक संस्था जनसेवा समाज पाँचथरको समन्वयमा घर निर्माण गरिएकोहो । स्थानीय सामुदायिक वनले काठ र नेपाली सेनाको रणशेर गणले श्रम सहयोग गरेको थियो । घर निर्माण गर्न नेपाली सेनाका १० जना जवानले नौ दिनसम्म निरन्तर श्रम गरेका थिए ।

स्थानीय सामाजिक अगुवा गणेश वाजीले तामाङ परिवार पानी चुहिने जीर्ण घरमा बसिरहेकोबारे जानकारी आङदेम्वेले सहितको सहयोगबाट घर निर्माण भएको समन्वयकर्ता जनसेवा समाजका अध्यक्ष राजेन्द्र अधिकारीले जानकारी दिए । तामाङ २ जना छोराछोरीका साथमा जीर्ण छाप्रोमा बस्दै आएका थिए । छारेरोगको समस्या भएका उनी शारिरिक श्रम गर्न सक्दैनन् ।

प्रकाशित : जेष्ठ १५, २०८० १८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?