गणतन्त्र दिवसमा विपन्न तामाङ परिवारका लागि नयाँ घर


पाँचथर — अपांगता भएका पाँचथरको मिक्लाजुङ गाउँपालिका ८ दुरदिम्बा भीमबहादुर तामाङको परिवारलाई नयाँ घर बनाएर हस्तान्तरण गरिएको छ । गणतन्त्र दिवसको अवसर पारेर घर हस्तान्तरण गरिएको हो ।


तामाङ परिवारका लागि घर निर्माण लागि नेपाली कांग्रेसका सह-महामन्त्री भिष्मराज आङदेम्बेले आर्थिक, सामाजिक संस्था जनसेवा समाज पाँचथरको समन्वयमा घर निर्माण गरिएकोहो । स्थानीय सामुदायिक वनले काठ र नेपाली सेनाको रणशेर गणले श्रम सहयोग गरेको थियो । घर निर्माण गर्न नेपाली सेनाका १० जना जवानले नौ दिनसम्म निरन्तर श्रम गरेका थिए ।
स्थानीय सामाजिक अगुवा गणेश वाजीले तामाङ परिवार पानी चुहिने जीर्ण घरमा बसिरहेकोबारे जानकारी आङदेम्वेले सहितको सहयोगबाट घर निर्माण भएको समन्वयकर्ता जनसेवा समाजका अध्यक्ष राजेन्द्र अधिकारीले जानकारी दिए । तामाङ २ जना छोराछोरीका साथमा जीर्ण छाप्रोमा बस्दै आएका थिए । छारेरोगको समस्या भएका उनी शारिरिक श्रम गर्न सक्दैनन् ।
प्रकाशित : जेष्ठ १५, २०८० १८:०८