आगलागीमा जलेर घर नष्ट
पाँचथर — आगलागीका कारण पाँचथरको फाल्गुनन्द गाउँपालिका–५ का पञ्चबहादुर चेम्जोङको घर जलेर नष्ट भएको छ । भान्छाघरबाट सल्केको आगोले चेम्जोङको घरसँगै घरमै राखिएका तीनवटा मोटरसाइकल,एउटा स्कुटरसँगै ठूलो परिमाणमा नगद,सुनचाँदी र अन्न जलेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार आगलागीमा ७तोला सुन, ३० तोला चाँदी, ५ लाख रुपैयाँ नगद, अन्नपात लत्ताकपडा र घरभित्र रहेका सबैखाले सामग्री जलेका छन् ।
घटनामा १ करोड ५० लाख रुपैयाँ क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक दिवस कुँवरले जानकारी दिए । आइतबार मध्यरातमा भान्छाघरबाट आगो सल्किएको थियो ।
चेम्जोङ परिवारका सदस्यलाई नेपाल रेडक्रस सोसाइटी राँके उपशाखा र फाल्गुनन्द गाउँपालिकाले प्रारम्भिक राहत उपलब्ध गराएका छन् ।
प्रकाशित : जेष्ठ १५, २०८० १५:३१प्रतिक्रिया