१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

आगलागीमा जलेर घर नष्ट

लक्ष्मी गौतम

पाँचथर — आगलागीका कारण पाँचथरको फाल्गुनन्द गाउँपालिका–५ का पञ्चबहादुर चेम्जोङको घर जलेर नष्ट भएको छ । भान्छाघरबाट सल्केको आगोले चेम्जोङको घरसँगै घरमै राखिएका तीनवटा मोटरसाइकल,एउटा स्कुटरसँगै ठूलो परिमाणमा नगद,सुनचाँदी र अन्न जलेको बताइएको छ । 

आगलागीमा जलेर घर नष्ट

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार आगलागीमा ७तोला सुन, ३० तोला चाँदी, ५ लाख रुपैयाँ नगद, अन्नपात लत्ताकपडा र घरभित्र रहेका सबैखाले सामग्री जलेका छन् ।

घटनामा १ करोड ५० लाख रुपैयाँ क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक दिवस कुँवरले जानकारी दिए । आइतबार मध्यरातमा भान्छाघरबाट आगो सल्किएको थियो ।

चेम्जोङ परिवारका सदस्यलाई नेपाल रेडक्रस सोसाइटी राँके उपशाखा र फाल्गुनन्द गाउँपालिकाले प्रारम्भिक राहत उपलब्ध गराएका छन् ।

प्रकाशित : जेष्ठ १५, २०८० १५:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?