कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

५७ हजार रुपैयाँसहित जुवा खालबाट ९ जना पक्राउ

लक्ष्मी गौतम

पाँचथर — पाँचथर प्रहरीले सदरमुकाम फिदिम १ को एउटा होटलबाट तास खेलिरहेको अवस्थामा नौ जनालाई पक्राउ गरेको छ ।

मेनरोडमा सञ्चालनमा रहेको याङनाम होटलबाट पक्राउ परेकाहरुको साथबाट ५७ हजार रुपैयाँ नगद र ठूलो परिमाणको तास बरामद गरेको जिल्ला प्र्रहरी कार्यालय पाँचथरका प्रहरी निरीहक्षक दिवस कुँवरले जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्नेमा होटल सञ्चालकसहित नौ जना रहेका छन् । उनीहरुलाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको हो ।

पक्राउ परेका नौ जनाकै स्वास्थ्य परीक्षण गरेर अनुसन्धान सुरु गर्नका साथै मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : जेष्ठ १५, २०८० १४:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?