चट्याङबाट २५ वटा बाख्रा मरे

रमेशचन्द्र अधिकारी

धनकुटा — धनकुटाको पाख्रीबास नगरपालिका ८ घामेस्थित ढुंगेपानीमा चट्याङका कारण २५ वटा बाख्रा मरेका छन् । स्थानीय सुरेन्द्र गिरीले पालेका बाख्रा खोरमा थुनिएको स्थानमै मरेको प्रहरीले जनाएको छ ।

शनिबार राति भएको घटनामा सबै बाख्रा मरेको अवस्थामा फेला परेको स्थानीयले बताए । प्रहरीले घटनास्थलको मुचुल्का तयार पारेको छ ।

जसमा २५ बाख्रा र केही कुखुरासमेत मरेको जनाइएको छ । घटनामा ५ लाखभन्दा बढीको क्षति भएको प्रहरीको भनाइ छ ।

प्रकाशित : जेष्ठ १४, २०८० २१:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?