कोशी प्रदेशको बजेट अधिवेशन सुरू

देवनारायण साह

मोरङ — कोशी प्रदेशसभामा बजेट अधिवेशन सुरू भएको छ । प्रदेशसभा बैठकको शून्य समयमा बोल्ने अधिकांश प्रदेशसभा सदस्यले नामाङ्कनविरूद्ध आन्दोलनरत पक्षसँग तत्काल वार्ता गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरूले आन्दोलनरत पक्षसँग वार्ता टोली गठन गरेर वार्ता नगरिए स्थिति भयावह हुनेतर्फ सरकारको ध्यानाकर्षण गराएका हुन् ।

कोशी प्रदेशको बजेट अधिवेशन सुरू

प्रदर्शनकारीले प्रदेशसभा घेराउ गर्न जाने क्रममा निषेधित क्षेत्र तोड्दै प्रहरीमाथि आक्रमणमा उत्रेपछि प्रहरीले पानीको फोहोरा, हवाई फायर, अश्रुग्यास प्रहारका साथै लाठीचार्जसमेत गरेका छन् । तर पनि स्थिति नियन्त्र बाहिर नै रहेको र दोहोरो झडप जारी छ ।

प्रदर्शनकारीले विराटनगरस्थित देवकोटा चोकमा निषेधित क्षेत्र तोडेर प्रदेशसभातर्फ जान क्रममा झडप भएको हो । प्रदर्शनमारीले भाटा, ढुंगा, गुलेली, बोतलले प्रहरीमाथि आक्रमण गर्दै प्रदेशसभातर्फ आउने र प्रहरीले धपाउने क्रम चलिरहेको छ।

प्रकाशित : जेष्ठ १४, २०८० १४:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?