

माेरङ — काेशी प्रदेश नाम खारेजीकाे माग गर्दै विराटनगरस्थित प्रदेशसभा घेराउ गर्न जाने क्रममा निषेधित क्षेत्र ताेडेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएकाे छ ।


प्रदर्शनकारीले विराटनगरस्थित देवकाेटा चाेकमा निषेधित क्षेत्र तोडेर प्रदेशसभातर्फ जान क्रममा झडप भएकाे हाे । प्रदर्शनकारीले भाटा, ढुंगा, गुलेली, बाेतलले प्रहरीमाथि आक्रमण गर्दै प्रदेशसभातर्फ आएपछि प्रहरीले दर्जनाैं सेल अश्रुग्यास प्रहार गरेको छ ।
स्थिति अझै तनावग्रस्त छ । प्रहरी र प्रदर्शनकारी दुवै पक्ष घाइते भएका छन् । झडप जारी छ ।