कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोशी प्रदेशमा आजबाट बजेट अधिवेशन सुरू हुँदै

कान्तिपुर संवाददाता

मोरङ — कोशी प्रदेशमा आजबाट बजेट अधिवेशन सुरू हुँदैछ । आज दिउँसो २ बजेदेखि बस्ने प्रदेशसभाको कार्यसूची प्रदेशसभा सचिवालयले सार्वजनिक गरेको छ ।

कोशी प्रदेशमा आजबाट बजेट अधिवेशन सुरू हुँदै

प्रदेशसभाको बैठक बस्ने भएपछि प्रदेशसभाबाट कोशी प्रदेश नामकरण गरेको विरोधमा प्रदेश १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले प्रदेशसभा घेराउ गर्ने घोषणा गरेको छ । संघर्ष समितिको घोषणाले प्रदेशसभा वरिपरि सुरक्षा व्यवस्था कडा पार्नुका साथै स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको हो ।

प्रदेश प्रमुख प्रशुराम खापुङले पठाएको बजेट अधिवेशन आह्वानको पत्र सभामुख बाबुराम गौतमले प्रदेशसभामा पढेर सुनाउने, शून्य समयमा प्रदेशसभा सदस्यहरूले बोल्ने कार्यसूचीमा उल्लेख छ ।

प्रचलित प्रदेश ऐनमा प्रदेशको नाम संशोधन गर्न बनेको विधेयक २०७९ पारित गर्ने, प्रदेश निजामति, स्थानीय सेवा गठन तथा सञ्चालन अध्यादेश र प्रदेशसभा नियमावलीको मस्यौदा प्रदेशसभामा पेश गर्ने र अन्तिममा संसदीय दलका नेताले बोल्ने कार्यसूची रहेको छ ।

प्रकाशित : जेष्ठ १४, २०८० ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई पुरस्कार रकम घोषणा गरेर दिन ढिलसुस्ती गर्ने सरकारी नियतलाई के भन्नुहुन्छ ?