धनकुटा बक्सिङ संघमा खवास

रमेशचन्द्र अधिकारी

धनकुटा — जिल्ला बक्सिङ संघ धनकुटाको शनिबार सम्पन्न दोस्रो अधिवेशनले विदुर खवासको नेतृत्वमा नयाँ समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा सुजित प्रधान र रिङ्कु दास, सचिवमा कुमार बस्नेत तथा कोषाध्यक्ष शर्मिला आलेमगर चयन भएका छन् । 

धनकुटा बक्सिङ संघमा खवास

सदस्यहरुमा रीजन श्रेष्ठ, रेनुका मगर, राजकुमार राई, निरञ्जन राई, आसा राई र बलराम लिम्बूलाई चयन गरिएको जनाइएको छ । सल्लाहकार समितिमा कमलदीप तिगेला, लक्ष्मण विक, किश्वर सम्बाहाम्फे, विनोद घिमिरे र दिपकआले मगर रहेका छन् ।

जिल्ला खेलकुद विकास समिति धनकुटाका अध्यक्ष मनोज राईको प्रमुख आतिथ्यता तथा नेपाल बक्सिङ संघका केन्द्रीय उपाध्यक्ष नरेन्द्र लिम्बू पोमोको विशेष आतिथ्यमा उक्त समिति निर्माण गरिएको नवनिर्वाचित सचिव कुमार बस्नेतले जानकारी दिए ।

उक्त अवसरमा खेलकुद विकास समितिका प्रमुख नवीन प्रधान, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राई, नेपाल आदिवासी जनजाती पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष सन्तवीर लामा, विभिन्न खेलकुदसम्बन्धी संघ सस्थाका पदाधिकारी तथा खेलाडीहरुको उपस्थिति थियो ।


प्रकाशित : जेष्ठ १३, २०८० १६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई पुरस्कार रकम घोषणा गरेर दिन ढिलसुस्ती गर्ने सरकारी नियतलाई के भन्नुहुन्छ ?