कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

बलात्कारपछि हत्या आरोपित दुई जना १६ वर्षपछि पक्राउ

प्रदीप मेन्याङ्बो

सुनसरी — १६ वर्षअघि एक महिलालाई सामूहिक बलात्कारपछि हत्या गरी फरार रहेका दुई अभियुक्त पक्राउ परेका छन् । धरानस्थित इलाका प्रहरी कार्यालयले आइतबार सार्वजनिक गरेअनुसार पक्राउ पर्नेहरुमा धनकुटाको शहीदभूमि गाउँपालिका–१ धाप बस्ने ५६ वर्षीय चन्द्रबहादुर राई र ४५ वर्षीय कल्पन राई रहेका छन् ।

बलात्कारपछि हत्या आरोपित दुई जना १६ वर्षपछि पक्राउ

उनीहरुले ०६४ मंसिर १९ गते २५ वर्षीया विवाहित महिला ललिता राईलाई साविक धरान-५ महेन्द्रपथस्थित बलभद्रेश्वर अरुणोदय धर्मशालाको २१८ नम्बर कोठामा ल्याएर पटक-पटक बलात्कार गरेपछि घाँटी थिचेर हत्या गरेको बयान दिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक नवराज मल्लले बताए । मुख र योनीबाट रगत बगिरहेको अवस्थामा ललिता राईको शव सोही कोठामा मंसिर २३ गते बेलुका फेला परेको थियो ।

फरार अभियुक्तहरु लामो समय नेपाल बाहिर बसेपछि फर्केर आएको अवस्थामा पक्राउ परेका हुन् । तत्कालीन समयमा किटानी जाहेरी नपरेपछि बलात्कार र हत्यामा सम्लग्नको पहिचान हुन सकेको थिएन । सुनसरी जिल्ला अदालतबाट १० दिनको म्याद थपी उनीहरुमाथि अनुसन्धान भइरहेको प्रनाउ मल्लले बताए ।


प्रकाशित : जेष्ठ ७, २०८० १९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?