टिपरको ठक्करबाट बालिकाको मृत्युपछि स्थानीय आन्दोलित

डिल्लीराम खतिवडा

उदयपुर — उदयपुरको बेलका नगरपालिका – ४ लालबजारमा शुक्रबार दिउँसो टिपरको ठक्करबाट एक बालिकाको मृत्यु भएपछि स्थानीयहरूले प्रदर्शन गर्नुका साथै अर्को एक टिपरमा आगजनी गरेका छन् ।

टिपरको ठक्करबाट बालिकाको मृत्युपछि स्थानीय आन्दोलित

मधेश प्रदेश २–०३–०००१ ख ४३०९ नम्बरको टिपरको ठक्करले स्थानीय नवराज रानामगरकी ४ वर्षीया छोरी एन्जिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मदन भण्डारी राजर्माग हुँदै बेल्टारबाट रामपुरतर्फ जाँदै गरेको टिपरले बालिकालाई मदन भण्डारी राजमार्ग अन्तर्गत बेल्टारबाटमा दिँदा बालिकाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।

घटनापछि टिपर र चालक कटारी नगरपालिका– २ का २३ वर्षीय टुकराज तामाङलाई इलाका प्रहरी कार्यालय रामपुरले नियन्त्रणमा लिएको छ ।

टिपरको ठक्करले बालिकको मृत्यु भएपछि आन्दोलित स्थानीयले मदन भण्डारी राजर्माग हुँदै पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्रदेश–२–०१–००१ क ००२४ को अर्को टिपरमाथि आगजनी गरेका छन् । टिपरमा गरिएको आगजनी निभाउन गएको चौदण्डीगढी नगरपालिकाको दमकल समेत स्थानीयले तोडफोड गरेका छन् । तोडफोड गरिएको दमकल चल्ने अवस्थामा नरहेको प्रहरीले जनाएको छ ।

टिपरमा अगजनीपछि मदन भण्डारी राजर्माग हुँदै पूर्वपश्चिम आवत जावत गरिरहेका सवारी साधनलाई वीरेन्द्र चौबाट तपेश्वरी-भागलपुर हुँदै वैकल्पिक मार्ग भएर पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित : जेष्ठ ५, २०८० १८:५२
प्रतिक्रिया
पठाउनुहोस्