१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

ट्र्याक्टरको ठक्करबाट स्कुल जाँदै गरेका दिदीबहिनीको मृत्यु

लक्ष्मी गौतम

पाँचथर — पाँचथरको हिलिहाङ गाउँपालिका-७ मा बुधबार ट्र्याक्टरको ठक्करबाट दिदीबहिनीको मृत्यु भएको छ । स्थानीय कमल सुवेदीका विद्यालय जाँदै गरेका ९ वर्षीया छोरी गंगा र १३ वर्षीया पुजनालाई मे १ त २९६१ नम्बरको ट्र्याक्टरले बिहान साढे १० बजेतिर ठक्कर दिएको थियो ।

ट्र्याक्टरको ठक्करबाट स्कुल जाँदै गरेका दिदीबहिनीको मृत्यु

ठक्करबाट सख्त घाइते भएका दिदीबहिनीको उपचारका क्रममा पाँचथर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक दिवस कुँवरले जानकारी दिए ।

घटनामा ११ वर्षकी रेश्मा बराइली र १० सोनिया अधिकारी घाइते भएका छन् । उनीहरुको पाँचर अस्पतालमा उपचार जारी छ । ट्र्याक्टर चालक फरार रहेकोले खोजी जारी रहेको प्रहरी निरीक्षक कुँवरले बताए ।

प्रकाशित : जेष्ठ ३, २०८० १७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?