कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बालबालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा कृषिविज्ञ मदन राई पक्राउ

डम्बरसि राई

खोटाङ — बालबालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा कृषिविज्ञ मदन राई शुक्रबार पक्राउ परेका छन् । शुभद्रा मदन फाउन्डेसनका सञ्चालकसमेत रहेका राईलाई आफ्नै फाउन्डेसनमा अध्ययनरत बालबालिकालाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको टोलीले उनलाई गरेको हो ।

बालबालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा कृषिविज्ञ मदन राई पक्राउ

राईलाई दिउँसो करिब १२ बजेतिर पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक मञ्जिल मुकारुङले बताए । ‘राईलाई नियन्त्रणमा लिएर अनुसन्धान बढाएका छौं,’ मुकारुङले भने, ‘विस्तृत कुरा अनुसन्धानपछि थाहा हुन्छ ।’

उनले आफ्नो विद्यालयमा आबद्ध बालबालिकालाई अश्लील शब्द प्रयोग गर्ने‚ अश्लील हर्कत गर्न लगाउनेलगायत दूराचार गरेको बिहीबार सेतोपाटीमा समाचार प्रकाशित भएको थियो । सेतोपाटीले समाचारमा पीडित बालबालिकाका भनाइसहित र राईको अश्लील हर्कत झल्किने भिडियो सामग्री संलग्न गरेको थियो ।

प्रकाशित : वैशाख २९, २०८० १३:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई पुरस्कार रकम घोषणा गरेर दिन ढिलसुस्ती गर्ने सरकारी नियतलाई के भन्नुहुन्छ ?