कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

माछा मार्न हिँडेका किशोर मृत फेला

ओखलढुंगा — तीन दिनअघि (सोमबार) घरबाट माछा मार्न हिँडेका खिजिदेम्बा गाउँपालिका ६ तनारीका एक किशोर मृत फेला परेका छन् । जीवन सुनुवारका १६ वर्षीय छोरा युवराज सुनुवार‍ दहमा डुबेको अवस्थामा बिहीबार मृत फेला परेका हुन् ।

मृतकका आफन्तले बुधबार ईलाका प्रहरी कार्यालय खिजिफलाटेलाई छोरा घर फर्की नआएको जानकारी गराएका थिए । त्यसपछि प्रहरी, स्थानीय, आफन्तले संयुक्त रुपमा खोजी गर्ने क्रममा दुब्ले फलाँटे खोलाको दहमा डुबिरहेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित : चैत्र १६, २०७९ १६:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?