३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

पाँचथरको हिलिहाङमा बेवारिसे शव

लक्ष्मी गौतम

पाँचथर — पाँचथरको हिलिहाङ गाउँपालिका ५ मा एक पुरुषको शव बेवारिसे अवस्थामा भेटिएको छ । उमेरसमेत अन्दाज गर्न नसकिने गरी शव सडेको अवस्थामा स्थानीय बासिन्दाले शव फेला पारेका हुन् ।

शव सोमबार आगेजुङ गुम्बा नजिकैको जंगलमा भेटिएको स्थानीयहरूले बताए । उनीहरूले शव भेटिएको जानकारी प्रहरीलाई दिएपछि जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटेको प्रहरी टोलीले घटनास्थल पुगेर मुचुल्का उठाएको छ ।

मृतकको कपडा र हाड उठाएर अनुसन्धानका लागि राखिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।

प्रकाशित : चैत्र १४, २०७९ १५:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?