राज्यका हरेक निकायमा युवा प्रतिनिधित्व गराउने लक्ष्य छ : नेता कोइराला

कान्तिपुर संवाददाता

खोटाङ — नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफ्नो राजनीतिको लक्ष्य नै राज्यका हरेक निकायमा युवा प्रतिनिधित्व गराउनु रहेको बताएका छन् । 'अहिलेको मेरो राजनीतिक लडाइँ नै युवाहरुको भविष्यको लागि हो । अरु कुनै स्वार्थ छैन' कोइरालाले भने ।

नेपाल जेसिसले काठमाडौंमा शुक्रबार आयोजना गरेको 'नेशनल काउन्सुलर एकेडेमी -२०२३' को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले राजनीतिक स्थिरता र अवसर अभावले युवा शक्ति विदेश पलायन भैरहेको समेत बताए ।

कोइरालाले युवा शक्ति पलायन हुँदा देश विकासमा कठिनाइ भएको दुखेसोसमेत पोखे ।

प्रकाशित : चैत्र १०, २०७९ १६:३३
प्रतिक्रिया
पठाउनुहोस्

बेलारुसमा अलपत्र ९ महिलालाई स्वदेश फर्काइयो

कान्तिपुर संवाददाता

काठमाडौँ — बेलारुसमा अलपत्र ९ जना नेपाली महिलालाई नेपाल फर्काइएको छ ।  शुक्रबार उनीहरुलाई नेपाल फर्काइएको हो । नेपाल फर्काइनेमा सानुमाया तामाङ, कविता थापा मगर, अञ्जना मगर, रत्नमाया राई, पार्वती कितुङ, रमिता राई, सुस्मा तामाङ, मिना गुरुङ, मार्फा सोताङ राईलाई छन् ।

स्वदेश फर्किएकी पीडित सानुमाया तामाङले बेलारुसमा आफूहरुले दैनिक १२ घण्टा काम गर्नुपरेको तर भनेको पारिश्रमिक नदिएको र पीडा दिने गरेको बताइन् । नेपालबाट जाँदा एजेन्टहरूले डलरमा पैसा दिने भने पनि बेलारुसमा गएपछि बेलारुसी रुबेल ७५ रुपैयाँ दैनिक पाउने गरेको बताइन् ।

पीडित ९ जना महिलालाई विभिन्न संघसंस्थाहरूको सहयोगमा नेपाल फर्काइएको हो । उनीहरू टिकटक लाइभमा आएर नेपाल फर्काइदिन आग्रह गरेपछि नेपालबाट स्वदेश फर्काउने प्रयास भएको हो ।

प्रकाशित : चैत्र १०, २०७९ १६:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×