कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

पाँचथरमा स्वास्थ्य अधिकृत ओछ्यानमै मृत फेला

लक्ष्मी गौतम

पाँचथर — फिदिम नगरपालिकामा कार्यरत स्वास्थ्य सेवाका छैठौं तहका अधिकृत प्रवेशकुमार श्रेष्ठ ओछ्यानमै मृत भेटिएका छन् । नियमित समयमा कार्यालय आउने श्रेष्ठ बिहीबार करिब साढे १० बजेसम्म उपस्थित नभएपछि खोज्न जाँदा नगरपालिकाका कर्मचारीले मृत अवस्थामा फेला पारेका हुन् । कार्यालय नआएपछि फोन गर्दा नउठेपछि खोज्न कोठामै पुगेको नगरपालिकाका कर्मचारी सुजन बाँस्कोटाले जानकारी दिए ।

पाँचथरमा स्वास्थ्य अधिकृत ओछ्यानमै मृत फेला

धनकुटाको चौबीसे गाउँपालिका-१ बुधबारे घर भएका श्रेष्ठ फिदिम नगरपालिकाको स्वास्थ्य शाखामा सहसंयोजकको जिम्मेवारीमा थिए । घटनाबारे जानकारी हुनासाथ कार्यालयबाट प्रहरी खटाएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक हरि खतिवडाले बताए ।

अघिल्लो साँझसम्म श्रेष्ठ सामान्य अवस्थामा रहेको उनका सहकर्मीहरु बताउँछन् । उनको ह्रदयघातका कारण निधन भएको हुनसक्ने अनुमान गरिएको छ ।

प्रकाशित : चैत्र ९, २०७९ १७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?